विमानस्थलमा सटल बस सुचारु मन्त्री आलेले गरे उद्घाटन

सुर्खेत/विमानस्थलका ट्याक्सी मिटरमा जानै मान्दैनन् । यात्रुसँग मोलमोलाइमा जाने नै भए पनि दुई/तीन ठाउँका यात्रु राखेर मात्रै हिँड्ने समस्या अन्त्य नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा बुधबारदेखि सटल बस सेवा सुरु गरिएको छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार बिहान ती बसको उद्घाटन पर्यटनमन्त्री प्रेमबहादुर आलेले गरे । उनले सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक विमानस्थल प्रहरीलाई ट्याक्सीको ठगी नियन्त्रण गर्न निर्देशन दिएका थिए । तर पनि यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको थालनी गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया