सुर्खेत/कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रका बिन्दमान विष्ट नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री विष्टको अहिले साढे सात बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।
तुलराज पाण्डे । १४ मंसिर २०७८, मंगलवार १७:१५