सुर्खेत/नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न १०औं महाधिवेशनमा डा:भीम बहादुर रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।
एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपालले दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी डा.भीम बहादुर रावलले २१३ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा ओली निर्वाचित डा:रावल पराजित
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ मंसिर २०७८, मंगलवार १६:४०