सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अनेरास्ववियूले ५१ सदस्यीय व्यवस्थापन केन्द्रीय क्याम्पस कमिटि गठन गरेको छ। अनेरास्ववियू केन्द्रीय सदस्य उमेश तिवारीको अध्यक्षतामा र अनेरास्ववियू केन्द्रिय सदस्य जनक धमलाले सन्चालन गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य, कर्णाली प्रदेश कमिटि अध्यक्ष पुर्व भौतिम पूर्वाधार तथा शहरी विकास मन्त्रि अम्मर बहादुर थापाको प्रमुख आतिथ्यता,नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य कर्णाली प्रदेश सचिव ठगेन्द्र प्रकाश पुरीको विशेष आतिथ्यता,अनेरास्ववियू केन्द्रिय सचिव भरत शाहि,अनेरास्ववियू स्थायी कमिटि सदस्य मिलन बि सि लगाए अनेरास्ववियू नेताहरुको आतिथ्यतामा कार्यक्रम भएको छ।
ठगेन्द्र प्रकाश पुरीले कम्युनिस्ट पार्टिको आवस्यक्ता,अनेरास्ववियूको इतिहासका विषयमा प्रशिक्षण प्रदान गर्दै आफ्नो भनाई प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि अम्मर बहादुर थापाले हिजो जसरी एमालेको निर्माण शून्य तहबाट दुईतिहाइ सम्म पुराएका थियो त्यसै गरि नेकपा एकीकृत समाजवादीलाई सबै भन्दा ठूलो पार्टि बनाउने र त्यसको महत्त्वपूर्ण जिम्मेवारी युवा विद्यार्थीको रहेको भनाई राख्नुभएको थियो।नयाँ नेतृत्वमा अध्यक्ष भुवन डांगि
उपाध्यक्ष तारा रावत,प्रमोद न्यौपाने,विबेक सिंह सचिव उमेश शाहि
सह-सचिव रतन बुढा,भविसरा शाहि,लक्ष्मि शाहि कोपाध्यक्ष रश्मि सिंह सहित ५१ सदस्यीय कमिटि गठन गरिएको नेता मिलन विसिले बताए।
तुलराज पाण्डे । १४ मंसिर २०७८, मंगलवार १५:१५