सुर्खेत /राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोट जिल्लाका पुर्व उपाध्यक्ष लालबहादुर मल्लले नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा कालिकोट जिल्लामा लामो समय देखि राजनीति गर्दै आएका मल्ल अब समाज रुपान्तरण गर्नका लागि नेकपा एकीकृत समाजवादी पार्टीले गर्ने सक्ने सम्भावना भए पछि मैले पार्टी प्रवेश गरेको र कालिकोट जिल्लामा रहेका राष्ट्रिय प्रजातन्त्रका आम कार्यकर्ता लाई आग्रह समेत गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पार्टीमा स्वागत गरेका छन् ।खाँडाचक्र नगरपालिकामा अब नेकपा एकीकृत समाजवादी बलियो बन्दै जानेमा विश्वस्त भएका छन् ।
राप्रपाका पुर्व उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादी प्रवेश नेपाल द्वारा स्वागत
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १० मंसिर २०७८, शुक्रबार ०९:१०