सुर्खेत /नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)कालिकोटका अध्यक्ष विश्वराज वमले पार्टी स्थापना भएको दुई महिने अवधिमा कालिकोट जिल्लामा विभिन्न पार्टीका १ हजार ३ जनाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।
बिहीबारदेखि सुर्खेतमा सुरु भएको सो पार्टीको प्रदेश कमिटी बैठकलाई रिपोर्टिङ पेश गर्दै अध्यक्ष वमले नेकपा(एमाले)को ठूलो र इमान्दार नेताहरुको पङ्ति एकीकृत समाजवादी रोजेका कारण कालिकोटमा एमाले पार्टी अस्तित्व समेत जोगाउन नसक्ने गरि संकटमा परेको अध्यक्ष वमको भनाइ थियोे ।
जिल्लाका ८२ वटा वडाहरु मध्ये ६५ वटा वडा पालिका र सबै गाउँ तथा नगर कमिटी गठन गरिसकेको भन्दै अध्यक्ष वमले व्यक्ति मात्रै नभएर सिंगो गाउँ र टोलहरु एकीकृत समाजवादी मा प्रवेश गर्ने लहर चलिरहेको जानकारी गराउनुभयो ।
कालिकोटमा १ हजार ३ जनाले एकीकृत समाजवादीमा प्रवेश गरे अध्यक्ष-वम
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ९ मंसिर २०७८, बिहीबार २०:०८