एकीकृत समाजवादी कालिकोटले लगायो सबै पदाधिकारी टुंगो

सुर्खेत/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)कालिकोटका पदाधिकारीहरुको टुंगो लागेको छ । बिहीबारदेखि सुर्खेतमा सुरु भइरहेको सो पार्टीको प्रदेश कमिटी बैठक अगावै पदाधिकारी टुंगो लगाइएको हो ।पार्टीको यसअघि जिल्लामा सम्पन्न जिल्ला भेला र जिल्ला कमिटी बैठकको निष्कर्षका आधारमा पदाधिकारी टुंगो लगाइएको सो पार्टीले जनाएको छ । पार्टीको अध्यक्षमा विश्वराज वमलाई यसअघि नै घ‍ोषणा गरिएको थियोे भने उपाध्यक्षमा पार्टी बिधानको व्यवस्था अनुसार सचिवमा चित्रसिंह गाउँले र उप सचिव कमलबहादुर शाही लाई जिम्मेवारी दिएको छ। पार्टीले उहाँहरु दुबै जना लाई पार्टी प्रदेश कमिटी सदस्य समेतको जिम्मेवारी दिइएको छ ।
यसैगरी सचिवमा शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं र उपसचिवमा कृष्णकला पाण्डे,दानबहादुर सहकारी र डबल बोगटी लाई चयन गरिएको बताइएको छ । जिल्ला अधिवेशन नहुँदासम्म पार्टीका लागि यसै पदाधिकारी टिमले नेतृत्व गरिराख्ने भएको छ । पार्टीको जिल्ला इन्चार्ज मा कुर्मराज शाही र सह इन्चार्ज मा बिजया बिष्ट र तुलाराज सिम्खाडालाई पार्टी केन्द्रीय कमिटीले जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया