सुर्खेत /नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्न आज सुर्खेत आउने नेकपा एकीकृत समाजवादी पार्टी स्रोतले बताएको छ।कर्णाली प्रदेश स्तरीय प्रशिक्षण भेला सुर्खेत विरेन्द्रनगरमा हुने भएको छ।कर्णाली प्रदेशका जुम्ला,हुम्ला,मुगु,डोल्पा,कालिकोट,दैलेख ,जाजरकोट,रुकुम पश्चिम,सुर्खेत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता,भातृ संगठनको पनि उपस्थिति रहने भएको छ।
मंसिर १० गते हुने प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्नका निमित्त आज नै कर्णाली प्रदेशको राजधानी सुर्खेत आइ पुग्ने आयोजक कमिटीले बतायो । उक्त कार्यक्रम लाई पार्टीका उप-महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटिको बैठक आज बस्दै छ भने भोली(शुक्रबार)प्रदेशस्तरीय बृहत भेला आयोजना गरिएको प्रदेश कमिटि चित्र सिंह गाउँले जानकारी दिए।
कर्णाली प्रदेश भेला लाई सम्बोधन गर्न अध्यक्ष नेपाल सुर्खेत आउदै
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ९ मंसिर २०७८, बिहीबार १२:३३