एमालेको केन्द्रीय कमिटी युवामैत्री आजको आवश्यकता अध्यक्ष- बराल

सुर्खेत/ नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आगामी एमालेको १०औं महाधिवेशनमा कम्तिमा पनि २० प्रतिशत युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बरालले पार्टीको केन्द्रीय कमिटीमा ४० वर्ष मुनीका युवालाई उच्च प्रथामिकता दिनुपर्ने माग गर्नुभएको छ । कम्तिमा २० प्रतिशत युवाहरुको सहभागिता गराई पार्टीलाई युवा मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष बरालले सदियौं देखी उत्पीडनमा परेको क्षेत्र वा समुदायलाई समेत पार्टीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया