सुर्खेत/ नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस कमिटी गठन गरेको छ ।
सोमबार एक कार्यक्रमका विच ३१ सदस्यीय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस कमिटी गठन गरिएको ।
अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य जनक धमलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अनेरास्ववियू स्थायी कमिटी सदस्य मिलन बुढा क्षेत्रि प्रमुख आतिथ्यतामा भएको हो ।उक्त कार्यक्रममा सम्बोधन गर्दै विश्वविद्यालय सुधार तथा गुणस्तरीय शिक्षा विद्यार्थीहरुले पाउनका लागि अनेरास्ववियूले जस्तो सुकै कदम चाल्न पछि नपर्ने उद्घोष गरका छन। देशका विभिन्न जिल्ला बाट उच्च शिक्षा प्राप्त गर्दै उज्ज्वल भविष्य निर्माणका लागि आएका विद्यार्थीहरुको हरेक किसिमका समस्या उजागर गर्ने र ती समस्याका विरुद्ध लड्ने अनेरास्ववियूको प्रमुख दायित्व रहेको उनको भनाई थियो।
नयाँ नेतृत्वमा कविन्द्र तिमिल्सिनाले अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।भने उपाध्यक्षमा द्वय सञ्जय शाही र नुनिता कंडेल,सचिवमा जीवन केसी ,सह-सचिवमा द्वय कल्पना रेग्मी,लिसरा मगर मीन चौलागाईं र सरिता बिसी, कोषाध्यक्षमा कमला ऐडी चयन हुनुभएको सचिव जीवन केसिले बताए ।
मध्यपश्चिम विश्वविद्यालयमा अनेरास्ववियूको अध्यक्ष-तिमिल्सिना
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ मंसिर २०७८, सोमबार १८:४९