सुर्खेत ।नेकपा एकीकृत समाजवादी पाटी बाट मन्त्री बनेको नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाहीले तत्कालै सरकारी निवास(क्वाटर )सर्ने बताएका छन् ।दियो खबर संग कुरा गर्दै मन्त्री शाहीले सरकारी सुविधा लाई सहि सदुपयोग गर्ने र जनताको हितका लागि आफू लागि पर्ने बताएका छन् ।२/४ दिन सरकारी निवास(क्वाटर)सर्ने तयारी बनाएको बताए उहाँले भने सरकारको सेवा सुविधा लाई दुरुपयोग होइन सदुपयोग गर्नु मुख्य कर्तव्य हो यसको कार्यान्वयन पनि गर्ने छु राज्यको सम्पति लाई सदुपयोग गर्ने बताए।समाजिक संजालमा आएका हल्लाका पछि नलाग्न पनि आग्रह समेत गरेका छन्,मलाई सरकारी सेवासुविधालिने कि नलिने भन्ने बारे कसैले केही जानकारी नलिएको र आफ्नो मनपरि तरिकामा समाचार लेखेको आरोप समेत लगाएका छन्।
केही समय पछि आफ्नो सचिवालय पनि विस्तार गर्ने शाहीले बताए ।जनताको कामकाज लाई सहज बनाउनको लागि सचिवालय गठन गर्ने बताए ।
कर्णालीका कृषि मन्त्री शाही तत्कालै सरकारी निवास सर्ने तयारीमा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ मंसिर २०७८, शनिबार २१:०३