सुर्खेत / नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कर्णाली प्रदेश को अधिवेशन सुरुभएको छ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा का केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक खडानन्द पाण्डे को सभाध्यक्षता र कर्णाली प्रदेश सरकार का माननिय मुख्यमन्त्री जिबन बहादुर शाहि को प्रमुख आतिथ्यता,नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाका केन्द्रीय अध्यक्ष जनक रावल नेपाल निजामती कर्मचारी युनियन कर्णाली प्रदेश का संयोजक निर्पजङ शाहि को विशेष आतिथ्यतामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको दोस्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्नु भएको छ।उक्त अधिवेशनले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कर्णाली प्रदेश को नयाँ नेतृत्व चयन गर्ने कालिकोट जिल्ला सचिव माधब प्रसाद पाण्डेले बताए ।उक्त अधिवेशन लाई सम्बोधन गर्दै अध्यक्ष रावलले विभिन्न कार्यालयमा अधिकृत छैटौं लाई कार्यालय प्रमुख बनाएर अधिकृत आठौं लाई जिम्मेवारी बाट बन्चित गरेको आरोप समेत लगाए ।कर्मचारीमा सिनियर र जुनियर भन्ने शव्द हुन्छ तर यो भन्दा अघिको सरकारले आफ्ना निकट जुनियर लाई पनि कार्यालय प्रमुख बनाएर पठाएको समेत आरोप लगाएका छन् ।अहिले को सरकारले त्यस्तो नगरोस् भन्ने सुझाव पनि दिनु भएको छ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कर्णाली प्रदेशअधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री- शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३ मंसिर २०७८, शुक्रबार ११:५४