उपनिर्वाचनमा एमालेले एक सिट पनि जित्न नसक्ने ज्वालाको दावी

सुर्खेत /नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे सल्यान मा हिजो जिल्ला कमिटी सदस्य तथा पदाधिकारीहरुकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाकाे प्रमुख उपस्थितिमा जिल्ला कमिटी पदाधिकारीकाे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । सपथ ग्रहण समारोहमा वाेल्दै ज्वालाले आगामी निर्वाचनमा नेकपा एमाले शून्य हुने बताए ।
उनले अबको केहि महिना पछि हुने उपनिर्वाचनमा गठबन्धनमा आवद्ध पाँच वटा दल एक भएर जाने सहमति भएकाले एमाले शून्य हुने जनाएका हुन । बुधवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रथम बैठकलाई संबोधन गर्दै ज्वालाले उपनिर्वाचनमा एमालेले एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् ।
दुई तिहाइको सरकार चलाउन नसक्ने ओलीको असक्षमताका कारण आज एमाले केन्द्र हुदै प्रदेशहरुमा सत्ता बाहिरीएर सडकमा पुगेको छ । केपी ओलीको कारण आज यो देशमा राजनीतिक संकटको अवस्था सिर्जना भएको हो ।
केपीका देशमा राजनीति,सामाजिक र आर्थिक संकट पैदा परेको छ ।केपीका कारण केपीकाे पार्टी आउँदो चुनावमा जनतासँग भाेट माग्न जाने आधार के ? उनीहरुकाे के एजेन्डा छ अब फेरि जनता माझ जाने ?हामीले बिद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका छौ, पार्टी बिधि, पद्धति र सिद्धान्तका आधारमा चलिरहेको छ  ।
उनले भन्ने सम्मानजनक हैसियतमा पार्टी संघीय र प्रदेश सरकारमा सहभागी भएको छ । ज्वालाले पार्टी प्रति नागरिकको आकर्षण बढेकाले अबको केहि समयमा बिशाल पार्टीको रुपमा परिणत हुने बताए ।
पार्टीको संगठन निर्माण, भेला तथा प्रशिक्षण लगाएतका गतिविधिलाई तिब्रता दिन समेत ज्वालाका जिल्ला तहका नेतृत्वलाई विशेष आग्रह रहेको छ । अहिले पार्टीप्रति नेता तथा नागरिकहरुको आकर्षण बढ्दै गएकाले तल्लो तह हुदै सबै जनताको माझमा जान उनकाे जाेड छ ।
एक वडा एक सय संगठित सदस्य र एक पालिका एक हजार संगठित सदस्य अनिवार्य बनाउनुपर्नेमा ज्वालाकाे निर्देशन रहेको छ ।
जिल्लामा पुराना पाका खारिएका,पार्टी निर्माण कार्यबाट बर्षौं पिल्सिएका एमाले पंक्तिभरि सल्यानमा समाजवादीतिर कित्ता किलेर गरेका छन् । सपथ ग्रहणमा हल खच्चा खच्च भरिएको थियोे ।

तपाईको प्रतिक्रिया