सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी सडक फेरि अवरूद्ध भएकाे छ । याे सडक खण्डकाे जुम्ला खण्डकाे जिया भीरमा सुख्खा पहिराे जाँदा सडक अवरूद्ध भएकाे हाे । कनकासुन्दरी गाँउपालिका-२ जिया भिरमा सुख्खा पहिराे जाँदा सडक अवरूद्ध भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । पहिराे गएकाे ठाउँमा प्रहरी चौकी चौथा जुम्लाबाट दुइ जनाको प्रहरी टोली गएकाे छ । अवरूद्ध सडक खुलाउन सडक विभागसँग आवश्यक समन्वय भईरहेको प्रहरीकाे भनाइ छ ।
नाग्म-गमगढी सडकमा पहिरो जादा राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २६ कार्तिक २०७८, शुक्रबार १५:५५