एमाले दशौ महाधिवेशनको लोगो सार्वजनिक

सुर्खेत/नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो आज सार्वजनिक गरेको छ ।

एक कार्यक्रममा बीच सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ ।
एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको हो ।दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ,जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ ।भन्ने नारासहित एमालेले चितवनमा महाधिवेशन हुदैछ। महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया