नेकपा माओवादी केन्द्र र नेकपा एस पार्टीको संयुक्त ध्यानाकर्षण

सुर्खेत /कालिकोट जिल्ला महाबै गाउँपालिकामा स्थानिय तह जनताको काममा र अधिकार कर्तव्य निभाउनु पर्ने हो । तर महावै गाउपालिकाको स्थानीय तह ठिक विपरीत चलिरहेको स्थानीयको गुनासो छ।बेलाबेला विवादित बन्दै गएको महावै गाउपालिकाले कहिले नभए पद समेत सिर्जना गरेको सामाजिक संजालमा चर्चापरिचर्चा पाएको थियो ।लोकसेवा आयोगले अ.हे.व लाई चौथो तह राखे पनि महाबै गाउँपालिकाले भने पाँचौ तहमा विज्ञापन खोलेको थियो ।महावै गाउँपालिकाको गाउँसभा समयमै नहुने र भए पनि वजेट विनियोजन भने कति भयो कुन शिर्षक र कुन ठाउँमा भयो भन्ने जनता जानकारि कहिले पाउदैनन पाँच वर्ष वितिसक्दा पनि अहिले सम्म थाहा पाउदैनन हुन त स्थानीय सरकारका सदस्य जनप्रतिनिधि लाई समेत थाहा हुदैन जनतालाइ कहिले थाहा हुने थियो ।
महावै गाउँपालिकामा २०७७ सालमा हुने भनेको अस्थायी करार दरवन्दि विज्ञापन खुलाए तर आफ्ना नजिकका आसेपासे आफन्त लाई राख्न सक्ने अवस्था नभए पछि १ वर्षसम्म विज्ञापन स्थगित गरेर अहिले २०७८ मा आफ्नो अनुकुलता अनुसार आफन्त लाई व्यवस्थापन गर्नका लागि परीक्षा गर्न लागेको हो । जनताका छोरा छोरीले दक्ष जनशक्तिले अवसर नपाउने थाहा पाए पछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र समाजवादी पार्टी ले ध्यानाकर्षण पत्र बुझाएका छन्। जनतामूखि निश्पक्ष परीक्षा र गाउँसभा नभएसम्म र आर्थिक वर्ष २०७८/२०७९ को वजेट विनियोजन नभएसम्म संघर्षका कार्यक्रम जारि राख्ने भनिएको छ ।
कालिकोट जिल्लामा अभिरल बर्षाका कारण क्षति महावै गाउँपालिका वडा-७ राम्नि महावै गाउँपालिका वडा-५ गेला महावै गाउँपालिका वडा-१,वडा-२ को वस्तिमा भएको क्षतिमा स्थानीय सरकारले चासो नराखेको र क्षति भएको वस्तिमा स्थानीय सरकारले अहिले सम्म केही पनि नगरेको युवा विद्यार्थी नेता हिक्मत सिंहले दियो खबर लाई बताए ।ध्यानाकर्षण पत्रमा नेकपा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष हर्क बहादुर शाही र नेकपा एकीकृत समाजवादी गाउँ कमिटी अध्यक्ष दर्शन शाहीले संयुक्त ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया