पुर्व मन्त्री शाहीले गरे सडक उद्घाटन

सुर्खेत /दैलेख जिल्ला भैरबि गाउँपालिका हुदै कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडा-६ हाउडिमा सडक सञ्जाल जोडिएको छ।कर्णाली प्रदेशका पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक कार्यक्रमका बिच आज सडकको उद्घाटन गरेका छन् ।शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं,उपाध्यक्ष पम्फादेवि शाही,माओवादी केन्द्र नेता कृष्णप्रसाद आचार्य,नेकपा एकीकृत समाजवादी पार्टीका लोकप्रिय युवा नेता पुष्पराज आचार्य,शुभकालिका गाउँपालिका वडा-२ का वडा अध्यक्ष मनराज शाही “राजेश”,वडा-५का वडा अध्यक्ष केशन शाही,वडा-६ का वडा अध्यक्ष कर्ण केसि ,वडा-८का वडा अध्यक्ष दिपराज महतारा अखिल क्रान्तिकारीका विद्यार्थी नेता भिम प्रसाद आचार्य,पत्रकार खडानन्द अधिकारी लगाए स्थानीयहरुको सहभागीता रहेको थियो ।उद्घाटन लाई पुर्व मन्त्री शाहीले आफ्नो पार्टीले चुनावी आमसभामा गरेका घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता सबै पूरा गर्दै गरेको दावी समेत गरेका छन्।आफ्नो कार्यकालमा सडक,विद्युत्,विद्यालय भवन,पदमार्ग,सिचाइ कुलो,पोखरी,खानेपानी,स्वास्थ्यका भवन,विद्यालय खेलमैदान,लगाएत लोकप्रिय र जनप्रिय काम गरेको बताए ।विकासको नाम अहिले राजनीति गर्ने परिपाटी भएकाले पनि विकास गर्ने केही समस्या भएको समेत बताए ।अन्तर जिल्ला जोड्ने सडक सञ्जालको उद्घाटन गर्दै शाहीले आफू निर्वाचित भएर गएपछि आफ्नो निर्वाचन क्षेत्र (क)अन्तर पालिका सडक सञ्जाल पनि जोडिएको बताए ।खाँडाचक्र नगरपालिका वडा-३र४ हुदै शुभकालिका गाउँपालिका वडा-४ मा जोडिदै,त्यस्तै खाँडाचक्र नगरपालिका वडा-५हुदै शुभकालिका गाउँपालिका,महाबै गाउँ पालिका,खाँडाचक्र नगरपालिका हुदै तिलागुफा नगरपालिका समेत सडक सञ्जालमा जोडीएका छन् ।बाकी कार्यकालमा म सांसद नरहे पनि प्रत्येक वडामा सडक सञ्जाल बनाउनको लागि पहल र सक्दो सहयोग गर्ने समेत बताएको नन्दकेशर अधिकारीले दियो खबर लाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया