खर्च धान्न अप्ठ्यारो भयो, सरकार खर्च देउ-पाण्डे

कोरोना संक्रमितको उपचारमा महत्त्वपूर्ण भुमिका खेल्दै गरेको पाटन अस्पतालका झन्डै ३० कर्मचारीले राजीनामा दिएका छन, कर्मचारी बेतलबी बिदामा छन ।
एक अस्पताल जसलाई कोरोना उपचारका निम्ति सरकारले कोभिड अस्पताल भनेको छ, अस्पताल संचालन खर्च धान्न अप्ठ्यारो हुदा पनि सरकारलाई वास्ता छैन। अस्पताल लाई खर्च धान्न मुस्किल परिसक्यो, राज्य बेखबर जस्तै छ। कोरोना महामारीको येस्तो बेला पनि कर्मचारीको राजिनामा? बिदा मा बस्ने? भन्ने स्वभाविक प्रश्न आउँछ।
अस्पतालको कर्मचारी भन्ने बित्तिकै नाख खुम्च्याउने, स्वास्थ्यकर्मी माथी दुव्र्यवहारका घटना घटाइरहने हाम्रो समाज फेरि तिनै स्वास्थ्यकर्मी माथी दोष लाउला भन्ने चिन्ता छ। अहिले सम्मको ६० हजार कोरोना सन्क्र्मित निको भयर घर फर्केका छन, अस्ति ३३०७ जना कोरोनाबाट निको भय, २७०२ नया सन्क्रमित थपिए जसमा काठमाडौमा मात्र १६३८ नया संक्रमीत थपिएका छन। हिजो २१०० बढिमा संक्रमण हुँदा उपत्यकामा मात्र ११०० बढी नया संक्रमीत थपिए। यो तथ्यांकले राजधानी कोरोनाको उच्च जोखिममारहेको स्पष्ट पार्छ। उपत्यकामा कोरोना संक्रमितको उपचारमा पाटन अस्पतालको ठुलो भुमिका छ र गर्बका साथ भन्छु यो भुमिका झन् बढ्दै जानेछ। तर यो महामारीको बेला अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सेवा सुबिधा बढाउनु पर्ने ठाँउमा अस्पताललाई आफै संचालन खर्च धान्न मुस्किल परेको समाचार सुन्दा नमज्जा लायो, तितो लायो। यसमा अस्पताल को के दोष? सरकारले पाटनलाई कोभिड अस्पताल तोक्यो,त्यहाँ उपचार गराउन आउने बिरामीको संख्यामा कमी आयो। जस्ले गर्दा अस्पतालको आम्दानी घटेर सञ्चालन गर्नै मुस्किल परेको छ । अहिले स्वास्थ्यकर्मी र कर्मचारीलाई मासिक तलब खुवाउनै धौधौ परेको छ। घर-परिवार नभनी अस्पतालको शैया मा बिरामीको सेवा खटिरहेका स्वास्थ्यकर्मीलाई हौसला चाहियको छ, बिमा चाहियको छ, सेवा सुबिधा चाहिएको छ। खर्छ धान्न गाह्रो भयर अस्पताल बन्द हुनु पर्ने अवस्था आयो भने परिस्थिति असामान्य बन्न सक्छ।
सरकार हाम्रो अभिभावक हो, येस्तो बेला अस्पतालको खर्चमा सहयोग गर्नु राज्यको कर्तव्य हो। महामारीको यो अवस्थामा सरकारले भनेको सबै जिम्मेवारी गर्बका साथ पूरा गर्ने उपत्यकाको यो अस्पताललाई तत्काल आर्थिक सहयोग सरकारले गर्नुपर्छ। फेरि पनि भन्छु, कोभिड अस्पताल खर्च धान्न अप्ठ्यारो भयो, सरकार! तत्काल खर्च पठाइदेउ।
दर्शनराज पाण्डे
कर्णाली प्रदेश
खाडाचक्र नगरपालिका-२
कालिकोट
हाल: एम.बि.बि.एस. तेस्रो बर्ष, पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, ललितपुर ।

तपाईको प्रतिक्रिया