मुख्यमन्त्रीमा शाहीको दाबी पेस आज नै सपथ ग्रहण हुने

सुर्खेत/ कर्णाली प्रदेशमा कांग्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाहीको समर्थनमा २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।
गठबन्धनका तीन दलका सांसदहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। ‘तीन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालय आइपुगेका छौं। गठबन्धन दलका सबै सांसदको समर्थनसहित मुख्यमन्त्रीमा शाहीले दावी पेस गरेका हुन्।नेकपा माओवादी केन्द्र १२,नेपाली काँग्रेस ६,नेकपा एकीकृत समाजवादी ३सांसदहरु रहेका छन् ।आज राति ८:३० मिनेटमा सपथ ग्रहण गर्नुहुने छ।

तपाईको प्रतिक्रिया