सुर्खेत/नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्ज बाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नाेजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि,सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले बताए । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो ।
नेपालगन्जमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १६ कार्तिक २०७८, मंगलवार ०९:४२