सबैभन्दा बढी सेटिङ र भ्रष्टाचार गर्ने अखडा बने पछि न्याय कसरी प्राप्त होला अध्यक्ष पराजुली

सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका छन् ।सबैभन्दा बढी सेटिङ र भ्रष्टाचार गर्ने अखडा बने पछि न्याय कसरी प्राप्त होला स्वच्छ र पारदर्शी हुने न्यायलय/न्यायाधीश नै सबैभन्दा भ्रष्टाचार र अकुद अर्थ संकलनमा संलग्न देखिन्छन् पछिल्लो कालखण्डमा जनताले न्याय पाउछन् भनेर कसरी विश्वास गर्न सकिन्छ ।
यदि अख्तियार साच्चिकै छानबिन गर्ने हो न्यायाधीशहरुको सम्पत्ति तुरुन्तै छानबिन गर्नु पर्दछ ।
अहिले बजारमा माफियाहरुले भन्ने गरेछन् पहिला अख्तियार र न्यायलय,न्यायाधीशलाई सेटिङ गरेर काम गर्नु पर्छ भन्ने गरेको सुनिन्छ सबैले आस्था र भरोसा गरेको न्यायलय प्रति एकजना
जनताले पनि प्रश्न गर्दा न्यायलयको नेतृत्वले स-सम्मान विदा हुनु पर्ने हो तर दुर्भाग्य अझै सेटिङ गरेर बस्ने न्यायलयलाई भ्रष्टाचारको केन्द्र बनाउने दुर्लभ ईच्छा चाहाना राख्नु कस्तो न्यायमुर्तीको लोभ हो ।न्यायलयको यो कस्तो नालायकीपना हो ।फेरि पनि सेटिङ,सेटिङ माथी सेटिङको उद्देश्यले अबको न्यायलय र न्यायाधीशको ईज्जत प्रतिष्ठा कहाँ पुग्ने होला यस्तो न्यायलय र न्यायाधीशको विकृतिका बिरोधमा बोल्ने समय आयो ।

तपाईको प्रतिक्रिया