सुर्खेत/ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
आज अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा.धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सात वटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
स्ववियू निर्वाचन गर्न अध्यक्ष बरालको मग
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ कार्तिक २०७८, आईतवार १६:२८