सुर्खेत/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)शुभकालिका गाउँ पालिका वडा-७ र ८ को भेलामा अन्य पार्टी परित्याग गरि पार्टी प्रवेश गर्नेको लर्को चलेको छ ।
शनिबारका दिन वडा नम्बर ८ को वडा कार्यालय प्राङ्गणमा सम्पन्न भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेता तथा वडा नागरिक मञ्चका संयोजक सिंह बहादुर शाही,नेपाली कांग्रेसका जिम्मेवार नेता दमनदाज शाही,रेशमा शाही,बामपंथी नेता नन्दबहादुर शाही लगाएत ५३ जनाले नेकपा(एकीकृत समाजवादी)प्रवेश गरेका हुन्। वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष एवम् साविक कालिका मुग्राह गाविस अध्यक्ष लालप्रसाद उपाध्याय को अध्यक्षता र जिल्ला कमिटी अध्यक्ष विश्वराज वमको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियोे । जिल्ला कमिटी सचिव चित्रसिंह गाउँले,शुभकालिका गाउँ पालिका अध्यक्ष एवम् पार्टी गाउँ कमिटी ईन्चार्ज खडानन्द चौलागाईं,गाउँ पालिका उपाध्यक्ष पम्फा शाही,युवा संघ नेपाल स्थायी कमिटी सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य गणेश शाही,जिल्ला कमिटी सदस्यहरु जनक सेजुवाल,दलबहादुर शाही,नमराज शाही,शुभकालिका गाउँ कमिटी अध्यक्ष रतिलाल आचार्य”रेशम”लगाएतको उपस्थितिमा भव्य साँस्कृतिक कार्यक्रमसहित वडा भेला सम्पन्न भएको गाउँ कमिटी उप सचिव गणेश सेजुवालले जानकारी गराउनुभयो । उहाँका अनुसार भेलाले वडा नम्बर ७ मा जय बहादुर शाही अध्यक्ष र वडा नम्बर ८ मा भक्त बहादुर शाही अध्यक्ष रहेका वडा कमिटीहरु समेत गठन गरि घोषणा गरिएको छ ।
नेकपा एकीकृत समाजवादीको वडा भेलामा प्रवेश गर्नेको लर्को
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ कार्तिक २०७८, आईतवार ०९:४८