पलाँता गाउँपालिकाको शैक्षिक अनुगमन शिक्षक हरूको उपस्थित न्यून

नमराज न्यौपाने/कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा नम्बर १,२,३ र ४ का सम्पुर्ण बिधालयमा अनुगमन गरिएको छ ।

अनुगमनमा शिक्षा शाखा प्राविधिक सहायक कुल प्रसाद प्याकुरेल सिके नेपाल मिडिया प्रा.लि का प्रबन्धक खगेन्द्र न्यौपाने, रेडियो पलाता आवाजका स्टेशन मेनेजर नमराज न्यौपाने लगाएत प्रत्रकारहरुले अनुगमनको क्रममा नबकिरण आधारभुत बिधालय राडुको बिधालय समयमा अफिस सम्म नखोलेको भेटिएको छ । बिद्यार्थी पढने चौरमा गाई गोरु समेत चर्ने गरेको पाइयो । प्रधानाध्यापक मान बहादुर बम लाई फोन गर्दा फोन रिसिभ नभएको हो ।

शिक्षक बिद्यार्थीको उपस्थितिको जानकारी लिनुका साथै शैक्षिक अवस्थाका बारेमा सम्बन्धित बिधालयका हरु संग छलफल गरिएको थियोे ।

पलाँता गाउँ पालिका वडा-४ छलाहामा रहेको कालिका माध्यमिक बिधालय र कर्णाली माध्यमिक बिधालयमा गरिएको अनुगमनमा शैक्षिक सुधार गर्नका लागि आग्रह गरिएको छ । कर्णाली माध्यमिक बिधालयमा गरिएको अनुगमनमा २० जना शिक्षक मध्य ८ जना बिधालयमा अनुपस्थित भएका पाइएको छ भने सरस्वती मा बि राडुनेटामा जम्मा शिक्षक २४ जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेको उक्त विद्यालयमा आफु त्यहाँ पुग्दा करिब ६ जना शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको र सवा दश बजे पछि सम्म पनि आफु बिधालयमै रहदा पनि बिधालयमा उपस्थित नभएपछि आफुले उनिहरुको हाजिरी गयल गर्नु परेको शिक्षा शाखा प्राविधिक सहायक प्याकुरेलले बताएका छन् ।

कर्णाली माध्यमिक बिधालय खिनमा पछिल्लो समयमा बिद्यार्थीको पढाईमा चरम लापरबाही भएको गोप्य सुचनाको आधारमा आफु त्यहाँ पुग्दा बिधालयका प्रधानाध्यापक केसब कठायत समेत बिधालयमा उपस्थिति नरहेको बताए ।

बिधालयमा शिक्षक आएर पनि विभिन्न बाहानामा कक्षामा गएर नपढाएको आम अभिभावकको निकै जनगुनासो रहे पनि कालिका माध्यमिक बिधालयका प्रधानाध्यापक अधिराज बुढाले स्वीकार गर्नु भएको छैन त्यो आरोप मात्रै भएको बताउदै सिकाइ उपलब्धिको सुधारले मात्रै प्रमाणित हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया