सुर्खेत/कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा- ६ तल्लो सेरा लाई सुरक्षित खानेपानी समुदाय युक्त घाेषणा गरिएकाे छ ।युनिसेफ नेपाल र खानेपानी तथा उर्जा सिचाइ कालिकोट र खाँडाचक्र नगरपालिकाकाे आयाेजनामा नगर पालिकाकाे वडा-६ तल्लो सेरा दलित टोल लाई एक कार्यक्रमका बिच सुरक्षित खानेपानी समुदाय युक्त घाेषणा गरिएकाे छ ।६० घरमा एक घर एक मिटर सहितका धारा निर्माण गरिएका छन् ।उक्त कार्यक्रममा खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे ,नगर उप-प्रमुख विजया विष्ट,वडा-६ वडा अध्यक्ष जगदीश शाही खानेपानी तथा उर्जा सिचाइ कार्यालय का सव-इन्जिनियर देवानन्द धिताल,खाँडाचक्र नगर स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाल ,युनिसेफ नेपालका कार्यक्रम संयोजक गणेश बहादुर रावल,नागरिक समाज र स्थानीय बासिन्दाको सहभागिता रहेकोको थियो उक्त सुरक्षित खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम मा विभिन्न सांस्कृतिक देउडा पनि गरिएको थियो । तस्बिर :तुलराज पाण्डे
खाँडाचक्र नगरपाालिकाको तल्लो सेरा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ११ कार्तिक २०७८, बिहीबार २०:५६