कालिकोट/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)महावै गाउँ कमिटीले महावैका बाढीपहिरो पीडितले अझैसम्म राहत पाउन नसकेको भन्दै तत्काल उचित राहत उपलब्ध गराउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
गाउँ कमिटी ईन्चार्ज सुजनकुमार शाही र अध्यक्ष दर्शनबहादुर शाहीले आज एक प्रेस वक्तव्य जारी गरि मृतक परिवारलाई २ लाख,घर भत्केका लाई २ लाख ५० हजार र घर आंशिक क्षति भएका परिवारलाई १ लाख तत्कालै राहत उपलब्ध गराउन गाउँ पालिकाको ध्यानाकर्षण गराएको छ ।
बाढी पहिरोले क्षति गरेका भौतिक संरचनाका साथै बाटाघाटाहरु समेत तत्कालै निर्माण गर्न संघ,प्रदेश र स्थानीय सरकारका साथै संघ,संस्था एवम् दातृ निकायलाई आग्रह गरेको सो पार्टीले महावै गाउँपालिका वडा-७ राम्नी र महावै गाउँपालिका वडा-२ हिल्काको साथै महावै गाउँपालिका वडा-३ नकु गाउँ लाई उपयुक्त स्थानमा बस्ती व्यवस्थापन गर्न समेत जोड दिएको छ । पार्टीको तर्फबाट बाढी पहिरोले गरेको क्षति बारे स्थलगत अनुगमन गरि राहतका लागि सम्बन्धित निकायमा पहल जारी रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महावैका बाढी पहिरो पीडितले अझैसम्म राहत पाएनन् नेकपा(एकीकृत समाजवादी)
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १० कार्तिक २०७८, बुधबार १३:३०