सुर्खेत/नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा खाँडाचक्र नगरपालिका कार्यपालिका सदस्य लोकप्रिय युवा नेता धर्मराज ताम्राकारले नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशमा एक कार्यक्रमका बिच प्रवेश गरेका हुन् ।कर्णाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्ने,सह-इन्चार्ज तथा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम मा नेता ताम्राकार संगै जयपाल विक ,नया सुनार ,लगाएतले प्रवेश गरेका हुन्।केही दिन पछि वडा मा पनि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रमको आयोजना गर्ने युवा नेता ताम्राकारले दियो खबर संग बताए ।२०७४ सालको स्थानीय निर्वाचनमा झिनो मत अन्तरले वडा अध्यक्ष समेत पराजित भएका थिए, पछिल्लो समय राजनितीमा सक्रिय ताम्राकारले पाटी छोड्दा खाँडाचक्र नगरपालिका वडा-१ मा एमाले लाई ठुलो धक्का पुगेको छ।नगर-प्रमुख जसि प्रसाद पाण्डेको विश्वासिलो पात्रका रुपमा उदाएका ताम्राकार एकाएक पाटी प्रवेशको समाचार आउदा अचम्म परेका छन् ।आज नै नेकपा एमालेको प्रथम वडा अधिवेशन मिति तोकेकै दिन पाटी प्रवेश गर्नु को पनि केही रहस्य रहेको छ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य ताम्राकार माओवादी केन्द्रमा प्रवेश
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ कार्तिक २०७८, शनिबार १२:४५