पिलीको पहिरो हटाउन नगर-प्रमुख पाण्डे सक्रिय

कालिकोट/अविरल वर्षा कारण कालिकोट जिल्लाको अन्तर्गत पिलिमा गएको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग आजबाट खुलेकोे छ । नेपाली सेना,सशत्र प्रशरी,जनपद प्रहरी,सडक डिभिजन कार्यालय जुम्ला र खाँडाचक्र नगरपालिकाको पहलमा कर्णाली राजमार्ग अन्र्तगत पिलिमा गएको पहिरो हटाए पछि राजमार्ग खुलेको हो ।उक्त पहिरो हटाउन नगर-प्रमुख जसि प्रसाद पाण्डे आफै सक्रिय भएका हुन् ।पिलिमा आएको ठुलो पहिरो हटाउन प्रदेश सशत्र प्रहरी कार्यालयबाट हेलिकप्टर मार्फत डिल मेसिन मगाइ ठुला ढुंगा फुटालेर सडक संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताउनु भयो । सडक संचालनमा आएपछि रोकीएका यातायातका सवारी साधनहरु आआफ्नो गन्तब्य तिर लागेका छन् ।

तपाईको प्रतिक्रिया