कृषिमा आत्म निर्भर बनाउन पलाता र क्याप्स कर्णाली

दियो खबर संवाददाता कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँ पालिका ७ मा रहेको हुफेगाड सिचाइ कुलोको सर्बे सङ्गै काम सुरु गरिएको छ । सर्बे तथा काम सुरु कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा ७ का वडा अध्यक्ष बर्ज बहादुर बम समाजसेवी कल बहादुर बम बिश्व खाध्यको इन्जिनियर मनोज थापा, विश्व खाद्य कालिकोट प्रतिनिधि क्षितिज आचार्य, क्याप्स कर्णाली कालिकोट संयोजक नरेन्द्र साही, हुरेन्डेक नेपाल क्याप्स कर्णाली सब इन्जिनियर पसल बम, हुरेन्डेक पलाँता गाउँ पालिका एल आर पि राज बहादुर बम पारौटी एम.यू.एस. प्रा.ली.लगाएतले सर्बे गर्नु भयको छ । सर्बे सङ्गै काम सुरुका लागि विभिन्न ठाउमा सिचाइका लागि आबस्यक टंकी निमार्ण सुरु गरिने गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले जानकारी दिनु भयो । अध्यक्ष बमका अनुसार एक टोल एक टंकि निर्माणमा धुरा, खेत्तुल्ली , पाटिभिड, ऐडिबाडा, पारौटी धारा, चौला लगाएत टंकी बनाउने उध्येश्यका साथ लागि परेको हुरेन्डेक प्राबिधिक पसल बमले जानकारी दिय ।उनका अनुसार सिन्सिना देखि हिम पोखरी धुरा लगाएतका ठाउँ हरुमा कुलो परिवर्तन गरि पानी गाउमा झार्ने योजना रहेको बताए । हुरेन्डेक नेपालले अन्य काम बीउ बिजन संकलन केन्द्र दुर्शी काम थालनी गरिरहेको बताय । अन्य आबस्यक बजेट गाउँ पालिकाले बेहोर्ने गाउँ पालिका अध्यक्षको भनाइ रहेको छ । एक टोट एक सिचाई पोखरि बन्ने र यस्ले जस्तो सुकै खेडेरिमा पनि सुख्खा हुन नदिने लक्ष्य रहेको क्याप्स कर्णाली प्रमुखको भनाइ रहेको छ । उक्त टोलि यहाको सर्बे पछि साबिकको खिनमा संचालित खिन सिचाइमा गाउँ पालिकाको चार करोड खर्च पछि क्याप्स कर्णालीले एक करोड पचास हजारको खर्च सङ्गै थप आबस्यक खर्च गाउँ पालिकाले लगानी गर्ने गरि सर्बेमा खटिएको टोलि खिन तिर लागेको छ ।

 

तपाईको प्रतिक्रिया