अभिरल बर्षाका कारण घर भत्किदा अधिकारीको मृत्य

कालिकोट/ निरन्तर बर्षाका कारण कालिकोट जिल्ला महावै गाउँपालिका वडा-७ मा घर भत्किदा विष्णलाल अधिकारी कि छोरी १८ बर्षिया स्मृति अधिकारीको मृत्युु भएको छ भने,१५ बर्षिकि इनीशा अधिकारी घाइते भएकि छन् ।महावै गाउँपालिका वडा-७ राम्नी मा १५ घर उच्च जोखिममा रहेका छन् भने हिजो राति नै त्यहाँका स्थानीयले जोखिममा रहेका घरपरिवार लाई राम माध्यमिक विद्यालयमा सारिएको नेकपा माओवादी केन्द्र महावै गाउँपालिका इन्चार्ज खेम बहादुर सिंह(भिजन )ले बताए उहाँका अनुसार घाइते लाई उद्धारका लागि संघिय सरकार र प्रदेश सरकार संग समन्वय गरेपनि मौसमी खराबीका कारण हेलिकप्टर बाट उद्धार हुन नसकेको बताए ।उहाँ संग तथ जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैनन् ।कालिकोट जिल्लामा नेटवर्कले पनि काम गर्न छोडेकोले यस्तो समस्या आएको हो।स्थानीय सरकार गाउँ आए पनि जनताको दु:ख भने उस्तै रहेको स्थानीयको गुनासो छ।कालिकोट जिल्लाका अन्य स्थानीय तह पनि उच्च जोखिममा भएकाले सुरक्षित स्थान मा बस्न सबै नागरिकमा अनुरोध गरिएको छ।
महावै गाउँपालिका वडा-७ राम्नीको तथ विवरण आउन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष मनराज शाहीले बताए ।उहाँका अनुसार अहिले स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको सहयोगमा उद्धार गरिरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया