सुर्खेत/एमाले भातृ संगठन अनेरास्वबियुले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको घटनाप्रति कडा आपत्ति जनाउँदै खेद ब्यक्त गरेको छ ।अखिल अध्यक्ष सुनिता बरालले आज बिज्ञप्ती जारी गर्दै सरकार गठनमा सेटिङ्ग मिलाई दिएवापत प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा नियुक्ति गरेकोप्रति हाम्रो संंगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
बरालले बिज्ञप्तीमा भन्नुभएको छ,‘यी र यस्ता घटनाबाट पनि जनादेश प्राप्त तत्कालीन एमाले सरकार विस्थापनमा भएको सेटिङ्गको थप पुष्टि भएको छ । हामी यस्तो प्रकारको अलोकतान्त्रिक हर्कतहरु प्रति खेद प्रकट गर्दर्छौ । साथै मन्त्रिपरिषद विस्तारमा न्यायापालिका र प्रधानन्यायधीश जोडिनु अत्यन्तै दुखद र दुर्लभ घटना हो । तसर्थ विवादित प्रधानन्यायधीशले नैतिकताको आधारमा राजीनामा दिनुको साथै नियुक्त उद्योग मन्त्रीलाई तत्काल बर्खास्त गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र न्यायापालिका माथिको विश्वास कायम राख्न जोडदार माग गर्दछौ ।
यस्तो छ अखिलको बिज्ञप्ती
तुलराज पाण्डे । २२ आश्विन २०७८, शुक्रबार २२:०३