दियो खबर संवाददाता । जिल्ला अस्पताल कालिकोटले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ । अन्य कार्यालयसहित अस्पताल १० जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको हो ।अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको अस्पतालका निमिक्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । स्वास्थ्यकर्मीसहित प्रशासनतर्फका कर्मचारी र अन्य सरकारी कार्यालयका एक जनामा कोरोना पुष्टि भएको हो ।असोज ८ गते स्वाब परीक्षण गरिएका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गराएका थियौं’ महतले भने, ‘असोज १२ गते स्वाब परीक्षण पठाइएका मध्य ९ जनाको रिपोर्ट गएराती पोजेटिभ आएपछि आजदेखि सेवा बन्द गरेका हौं ।अस्पतालका निमिक्त प्रमुख महतले पोजिटिभ भएका १० मध्य आठ जनामा कोरोनाको लक्षण देखिएको बताए । नौ जनाको सम्पर्कमा रहेका एकसय ४७ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको महतले बताए ।पछिल्लो पटक स्वाब पठाइएकाहरुको रिपोर्टका आएपछि मात्रै अस्पतालका बन्द सेवा सुचारु गर्ने वा बन्द गर्ने भन्ने निक्र्यौंल गरिने पनि महतले जनाए । पछिल्लो पटक कोरोना पोजेटिभ देखिएका १० जना कोभिड बिषेश अस्पतालमाको आइसोलेसनमा बसेका छन् ।यो समाचार नेपाली रैवार बाट साभार गरिएको हो ।
अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द कालिकोट जिल्ला अस्पतालमा
तपाईको प्रतिक्रिया
दियो खबर । १६ आश्विन २०७७, शुक्रबार १५:३२