सुर्खेत /खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पामा सञ्चालिन सुफत मुल्य पसल बाट हाल सम्म ९० क्वीन्टल चामल विक्रि भएको छ ।प्रत्येक व्यक्ति लाई १० केजीका दरले वितरण गरिएको हो ।
दशैँ तिहार छट लगाएतका चाड पर्वहरु लाई लक्षीत गरी गत असोज १८ गते देखी सञ्चालन गरिएको सुफत मूल्य पसल बाट ९० क्वीन्टल चामल विक्रि गरिएको हो ।पसल बाट सबै भन्दा बढी इस्टीमा जिरा चामल विक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख कमलराज पाण्डेले बताउनु भयो। सुफत मूल्य पसल बाट हरेक चामलको मूल्यमा प्रति केजी ५ रुपैँया छुटमा विक्रि भैरहेको छ ।
शाखा प्रमुख पाण्डेका अनुसार अरु समयको भन्दा अहिले सुफत मूल्य पसल सञ्चालन गरिए पछी धेरै चामल विक्रि भएको छ । सुफत मूल्य पसल बाट जिल्लाका नागरिकहरु लाभान्वित भएका छन ।
चाड पर्व लाई लक्षीत गरी गत असोज देखी कार्तिक २४ गते सम्म सुफत मूल्य पसल सञ्चालन हुने छ।कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पामा गाडि पुगेपनि सहजरूपमा यातायातका साधन भने चल्न सकेका छैनन् ।त्यसको वापजुत्त पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पामा खाद्यान्नको अभाव भने नभएको शाखा प्रमुख पाण्डेले बताए । उहाँका अनुसार बजार भन्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मा चामल लिनेको घुइँचो लाग्ने गरेको बताए ।
दशैं तिहार विशेष छुट् चामल लिनेको घुइँचो
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २० आश्विन २०७८, बुधबार १३:३५