नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशले खेलाडी लाई ग¥यो सम्मान

सुर्खेत/नेपाल केन्पो खुकुरी मार्सल आर्ट्सले काठमाडौं मा आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा कर्णाली प्रदेशले तृतीय स्थान हात पार्न सफल भएको छ।नेपाल खुकुरी केन्पो मार्सल आर्ट्स संघ कर्णाली प्रदेशले खेलाडी तथा कोच लाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

कर्णाली प्रदेशका अध्यक्ष इश्वर शाहीको सभा अध्यक्षता,कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य टक्क बहादुर शाहीको विशेष आतिथ्यता,नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज गोर्ख बहादुर शाह,विरेन्द्र नगरपालिका वडा-१० कि वडा सदस्य सुनिता चौधरी,नेपाल गोजुरियो करातेका प्रमुख डम्बर बहादुर शाही,नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका केन्द्रीय प्रचारप्रसार विभाग सदस्य तथा दियो खबरका प्रवन्धक तुलराज पाण्डे (परिवर्तन ),केन्पो नेशनल कोच मंगल शाही लगाएत खेलाडीहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सम्मान कार्यक्रममा विभिन्न क्षेत्रबाट यस नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ कर्णाली प्रदेश लाई सहयोग गर्ने सहयोगी मनहरु लाई सम्मान पत्र समेत दिएका थिए।

उक्त सम्मान कार्यक्रममा दियो खबरका अध्यक्ष/प्रबन्धक तुलराज पाण्डे लाई पनि सम्मानित भएका हुन् ।कर्णाली प्रदेश इन्चार्ज समेत रहेका शाहले नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेश लाई विभिन्न समय सहयोग गर्दै आएको अनलाइन र पत्रकार भएकाले सम्मान गरिएको बताए ।कार्यक्रममा बोल्दै शाहले कर्णाली प्रदेशमा खेलकुद क्षेत्रमा छोटो समयमा सफलता हात पार्न सफल भएकोमा कोच मंगल शाही लाई र सहयोगी मनहरु लाई विशेष धन्यवाद समेत दिए,कार्यक्रममा विशेष अतिथि शाहीले कर्णाली प्रदेश खेलकुद परिषद् को तर्फबाट सधैं खेलाडीलाई सहयोग गर्ने र खेलाडी भनेको राष्ट्रको गहना हुन यसलाई राज्यले पनि खेलाडीलाई उच्चित व्यवस्थापन गर्नु पर्ने बताए ।सम्मानित खेलाडी हरुको नामावली

राजेन्द्र शाही,यमन पाण्डे,ज्यति वि क,निरुता कोइराला,अंकित विसि,समीप चौधरी,प्रभा गैरीपिपले,आरती शाही,दत्त बुढा र तारा शाही सम्मानित भएका हुन्।कर्णाली प्रदेशले ३ स्वर्ण हात पा¥यो ।

तपाईको प्रतिक्रिया