सुर्खेत /नेपाली काँग्रेसको ७ औं अधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगर देखि केन्द्र सम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस जिल्ला अधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसल पसलमा हुन थालेको छ।
कालिकोट जिल्लामा पाटी सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेपाली काँग्रेस कालिकोट जिल्ला पाटी सचिवको उम्मेद्वारी घोषणा गरेका हरिस बोगटी जिल्ला कार्यसमिति सदस्य एवम् पाटी कार्यालय सचिव समेत रहेका छन् ।
तपाईंले पाटी सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा ,पाटी लाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि पाटी सचिवको मुख्य भुमिका रहने भएकोले मैले पाटी सचिव पदमा उम्मेद्वारी घोषणा गरेको दियो खबर संग बताए ।
पौडेल टिम बाट बलियो उम्मेद्वारका रुपमा आफ्नो उम्मेदवारी रहेको बताए ।
केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।
तुलराज पाण्डे । १५ आश्विन २०७८, शुक्रबार २२:२९