सुर्खेत /नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रेम बहादुर शाहीलेले पनि महाधिवेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहेको बताए ।
राजनिती भनेको परिबर्तनको लागि हुनु पर्छ भन्ने मान्यताका साथ म सधैं राजनितमा होमिएको हो। समाजमा भएको नकारात्मक कुरालाई केवल राजनितिले मात्र फेर्ने सक्छ भन्ने लागेर नै राजनतिमा लागेको हो । तर पछिल्लो समय राजनीति लाई मागि खाने भाँडो र फेसनको रुपमा प्रयोग हुन थालेको छ,सुकिला,मुकिला हरुले पाटी भित्र राज गरेको नेता शाहीको आरोप छ।अघिपछि लागेकै कारण पैसाको खोलो बगाउने लाई पद दिने,टिकट दिने प्रबृत्तिको बिरुद्धमा म सधैं रहने छु ।
कालिकोट जिल्लामा लामो समय देखि राप्रपामा राजनीति गर्दै आएका लोकप्रिय नेता प्रेम बहादुर शाहीले राजिनामा इतिहास नै कायम गरेका छन् ।पछिल्लो समयमा नेपाली काँग्रेसमा राप्रपा को पाटी एकता भए पछि चर्चामा आएका शाही लोकप्रिय नेताको रुपमा उदाएका छन् ।
तुलराज पाण्डे । १५ आश्विन २०७८, शुक्रबार २२:१२