सुर्खेत /नेपाली काँग्रेसको ७ औं अधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगर देखि केन्द्र सम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस जिल्ला अधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसल पसलमा हुन थालेको छ।
कालिकोट जिल्लामा पाटी सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेपाली काँग्रेस कालिकोट जिल्ला पाटी सचिवको उम्मेद्वारी घोषणा गरेका मातृका सिंह जिल्ला कार्यसमिति सदस्य एवम् २०७४ को स्थानीय तहको निर्वाचनमा महावै गाउँपालिका वडा-२ को वडा सदस्यमा निर्वाचित भएका हुन्
तपाईंले पाटी सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा,पाटी लाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि पाटी सचिवको मुख्य भुमिका रहने भएकोले मैले पाटी सचिव पदमा उम्मेद्वारी घोषणा गरेको दियो खबर संग बताए ।
देउवा टिम बाट बलियो उम्मेद्वार समेत रहेका मातृका सिंहले उम्मेद्वारी घोषण गरेका छन् ।
केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।
तुलराज पाण्डे । १५ आश्विन २०७८, शुक्रबार २१:५१