सुर्खेत /कालिकोट जिल्लाको महावै गाउँ पालिकामा १ सय ५१ सदस्यीय गाउँ पालिका कमिटी आज शुक्रबार घोषणा गरिएको छ ।
महावै गाउँपालिका वडा-२ ओदामा आयोजित बृहत् कार्यकर्ता भेला मार्फत नेकपा एकीकृत समाजवादी कालिकोटका अध्यक्ष विश्वराज वमले नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण र जिल्ला सचिव चित्रसिंह गाउँलेले कमिटी घोषणा गरेका हुन् ।
गाउँ भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष वमले नेकपा(एमाले)मा लागेर दुख्ख र संघर्ष नगरेरै नेतृत्व पाएका नव एमालेहरुका कारण आज एमाले भस्म भएर नेकपा(एकीकृत समाजवादी)स्थापना भएको धारणा राख्नुभयो ।यसैगरी जिल्ला कमिटी सचिव चित्रसिंह गाउँलेले केपी ओलीको अनुहार हेर्न बालकोट जानै नपर्ने भन्दै केपी ओली नेतृत्वका जनप्रतिनिधिले बनाएका काँधे र राम्नीडाँडाका सडक हेर्दा केपीको अनुहार झल्किने दाबी गर्नुभयो ।
कर्णाली प्रदेशमा एकीकृत समाजवादी सत्ता बाहिर हुँदै नहुने भन्दै सचिव गाउँलेले आफ्नो पार्टीको पहलमा सडक पूर्वाधार विकासका लागि आएको १० करोड बजेट बारे प्रष्ट पार्दै विकास र समृद्धि चाहनेहरु आफ्नो पार्टीमा लाग्न आग्रह गर्नुभएको थियो ।
भेलामा पार्टी नेताहरु सुजनकुमार शाही तथा खाँडाचक्र नगर कमिटी अध्यक्ष कृष्णबहादुर मल्ल,तिलागुफा नगर कमिटी अध्यक्ष पूर्णबहादुर मल्ल,बिधार्थीका साथै पार्टीका युवा नेताहरु लक्ष्मण कुमार शाही,अमितमिलन शाही,हिक्मतजंग मल्ल,जिल्ला कमिटी सदस्य तथा खाडाँचक्र नगरपालिका वडा-४ का वडाध्यक्ष दानसिं विक,खाँडाचक्र नगरपालिका वडा-८ का वडाध्यक्ष आदिचन्द्र चौलागाईं,महावै ५ का वडाध्यक्ष धर्मराज शाही,महावै २ कि अध्यक्ष गौंकला सिंह लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।नेकपा(एमाले) र कांग्रेसबाट ३७ जनाले एकीकृत समाजवादी प्रवेश गरेको सो भेलाले गाउँ कमिटीमा दर्शनबहादुर शाही अध्यक्ष,दन्ता शाही उपाध्यक्ष,अलि बहादुर शाही सचिव,चक्रबहादुर शाही कार्यालय सचिव रहेको १ सय ५१ सदस्यीय कमिटी गठन गरेको छ । बाजागाजा र भव्य साँस्कृतिक कार्यक्रम सहित भेला सम्पन्न भएको थियोे ।
महावै गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको १ सय ५१ सदस्यीय गाउँ कमिटी घोषणा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १५ आश्विन २०७८, शुक्रबार २०:०८