सुर्खेत/नेकपा एमालेले विधान महाधिवेशनमा सुरु भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा अहिले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
एमालेले पहिलो पटक विधान महाधिवेशन गरेको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउने गरिएको थियो ।
झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ
तुलराज पाण्डे । १५ आश्विन २०७८, शुक्रबार १५:११