सुर्खेत /टीम नेपो कालिकोटको समन्वयमा कालिकोट जिल्लाकाे खडाचक्र नगरपालिकाको ताडी र तिलागुफा नगरपालिकाको जुविथामा “लैंगिक समानताको लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार”भन्ने विषयमा कार्यक्रम सम्पन्न भयकाे छ ।QRC,liga AC,Iswint को सहयोग र आयोजक मन्दिरा श्रेष्ठ (ग्लोबल टीन हीरो २०२०),संयोजक बिष्णु मिजार (युवा तथा मानव अधिकार कर्मी) र मुकेश अधिकारी (टिम नेपो कालिकोट जिल्ला प्रतिनिधि) को उपस्थिति मा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयकाे हाे । कार्यक्रमकाे अबधिमा प्रत्येक स्थानमा एक-एक दिन कक्षा ८-१२ सम्मका किशोरीहरू,महिला स्वास्थ्य स्वयंमसेविका र अन्य स्थानिय महिलाहरु काे सकृय सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको मुद्दाहरु माथि छलफल र अन्तरक्रिया गरिनुका साथै किशोरीहरू,महिला स्वास्थ्य स्वयमसेविका र अन्य स्थानिय महिलाहरु लाई पुनःप्रयोग गर्न सकिने कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको थियो।खाँडाचक्र नगरपालिका वडा-३ का वडा अध्यक्ष महावीर पाण्डे र तिलागुफा नगरपालिका वडा-६ का वडा अध्यक्ष धर्मराज शाहीको सहभागीा रहेको थिए।नेपाल सरकारले महिलाहरु महिना वारि भएको बेला प्रयोग गर्ने प्याड काे मूल्य बडे संगै स्थानिय स्तर मै उपलब्ध घरेलु सामाग्रि काे प्रयाेग गरि प्याड बनाउन महिलाहरु महिनावारी भएको समय स्वास्थ रहेन भएका घरेलु सामाग्रीको प्रयोग गरेर बनाउन सिकाएको बताए।
घरेलु सामाग्रि बाट प्याड बनाउन सिकाउदै टिम-नेपाे कालिकाेट
तपाईको प्रतिक्रिया
दियो खबर । १४ आश्विन २०७८, बिहीबार २०:३३