दियो खबर संवाददाता कालिकोट ।कालिकोट जिल्लाको रास्कोट नगरपालीकामा एक घर एक धारा खानेपानीको निर्माण अभियान थालिएको छ । खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धारा अभियान थालिएको हो । रास्कोट नगरपालिका र युनिसेफ नेपालको आर्थिक सहयोगमा रास्कोट नगरपालीकाको वडा नम्बर ३मा ४५घरधुरीमा मिटर सहितका एक घर एक धारा खानेपानीको निर्माण अभियान सम्पन्न भएको छ ।
रास्कोट नगरपालीका उप्रमुख मिमसरा बम(शाहीले )उद्घाटन गदै ४५ घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसाबारी, भाँडा सुकाउने चाङ, महिनावारी व्यवस्थापन लगायतका कामहरू हुनेछन ‘स्थानीय सरकारको दिगो विकास लक्ष्य पुग्ने हेतुले एक घर एक धारा र सरसफाई व्यवस्थापनको कामलाई अघि बढाइएको छ । युनिसेफ नेपाल कालिकोटका कार्यक्रम संयोजक गणेश रावलले दियो खबर लाई बताए ।
रास्कोट नगरपालिका र युनिसेफ नेपालको सहयोग मा ४५ घरमा मिटर सहितको धारा जडान
तपाईको प्रतिक्रिया
दियो खबर । १६ आश्विन २०७७, शुक्रबार १३:१४