कोराना सङै जनजीवन का गतिविधि बढाऔ

कोभिड १९ अब नयाँ रोग रहेन । कोरोना कहाँबाट उत्पति भयो यो कस्तो रोग हो भन्ने कुरा सारा बिस्वको कुना काम्चा सम्मका जन लाई थाहा भै सक्यो । यसबाट प्रत्यक्ष र परोक्ष असर नपार्ने सायदै मानब होलान। झन्डै ७ अर्ब मानिस कुनै न कुनै कोरोना प्रकोप सामना गर्न तयार भए । बर्तमान बिस्वब्यापिकरण र प्रबिधिले गर्दा अझै धेरै ठाउमा कोरोना असर पर्न गयो। यो आलेख तयार गर्दा सम्म यसको प्रभावकारी नियन्त्रण गर्ने खोप अझै निर्माण भै सकेको छैन यद्यपि खोपहरुको बिकास क्रम जारी छ
लामो समय कोरोना फैलिन नदिन राज्यले गरेको बन्दा बन्दी र निषेधाज्ञाले अर्थतन्त्र र जनजिवन चौपट बनाएको छ र मानिसहरुको नियमित कामहरु प्रभाबित भएका छ । यसै सन्दर्भमा हाम्रो जस्तो देशमा कोरोनाले कस्तो असर पार्यो र यसले कहर सङ्गै कस्ता अबसर सिर्जना गर्यो भन्ने विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । बिस्तारै कोरोना सङ सगै जनजिवन अघि बढाउन अनिबार्य छ। केही स्थानिय तह बाहेक सबै तहका बजेट निर्माण भइ सकेका छन। योजनाहरु कार्यन्बयनका चरणमा छन। अब आर्थिक गतिबिधी चाडपर्ब संगै अघि बढ्ने छन।
बिक्रम सम्बत छण् को दसक सम्म नेपाली अर्थतन्त्र ग्रामीण क्षेत्रमा आश्रति थियो। राजधानी र अन्य बिकशित क्षेत्रमा जनघन्त्व एकदमै कम थियो। मानीसहरुको बसाइँसराइ नगन्य थियो। एउटा गाउमा आबस्यक सम्भव हुने सम्पुर्ण बस्तुको उत्पादन सोही गाउमा हुन्थ्यो र अत्यावश्यक र गाउमा उत्पादन नहुने बस्तुमात्र बाहिर खरिद गर्ने चलन थियो ।
६०को दशक सम्म ठूलो राजनितिक परिबर्तन भयो । मानिसहरुको शहरी क्षेत्रमा बसाइसराइ व्यापक भयो ग्रामीण भेगहरु खाली हुन थाले । शिक्षा स्वास्थ र रोजगारीको लागि मानिसहरु सहर केन्द्रित हुन थाले । ग्रामिण अर्थतन्त्र धरासायि भयो । हिजोको स्वाभलम्भी ग्रामिण क्षेत्र पुर्ण रुपमा शहरमा आश्रित हुन पुग्यो ।
द्दण्ठण् को दशकको पुबार्धमा नेपालमा सम्बिधान आयो । सम्बिधान संगै संघीयता स्थापित गरियो। स्थानिय निकाय संगै ३ ओटै तहको निर्बाचन भयो । स्थानिय तहमा राजस्वको श्रोत सुनिस्चितता र बाडफाड संगै गाउँ गाउमा व्यापक बजेट निर्माण भयो । यसले एक किसिमको आर्थिक हलचल ल्याइदियो ।
नेपालमा जाती, भुगोल, भाषा सस्कृती मात्र फरक छैन अर्थतन्त्रको आधारभुत पक्षमा पनि बिबिधता छ। १० किलोमिटर तल अर्कै अर्थब्यबस्था,१० किलोमिटर फरकमा अर्कै अर्थ्ब्यबस्था नहसुस हुने खालको अबस्था रहेको छ। नेपालमा द्दण्ज्ञघ साल देखि योजना बद्द बिकास सुरुवात भए पनि यसले समग्र देशको अर्थतन्त्र माथि उठाउन सकेको थिएन अझै पछिल्लो समय ग्रामिण र शहरिया क्षेत्रको बिकासको खाडल झन झन गहिरो बन्दै गएको थियो। कोरोना कहर पछि मानिस पुन गाउँ फर्कन थालेका छन । बैदेशिक रोजगारिको अबसर कमजोर बन्दै गएका छन भने शहरी क्षेत्रमा समेत रोजगारिको अबसर कम उपलब्ध छन। कोरोनाले पुन हाम्रो ग्रामिण अर्थतन्त्र चलायमान बनाएको छ।
अब राज्यको समानुपातिक बिकासको लागि ग्रामिण अर्थथन्त्रको बिकास अनिवार्य सर्त जस्तै छ र आर्थिक असमनता हटाउन ग्रामिण अर्थतन्त्र समानान्तर रुप बिकास गर्न जरुरी छ र त्यो अबसर कोरोना कहरले उपलब्ध गराइदिएको छ ।
पुर्बाधार निर्माणमा सहभागिता
अब तिनै तहले बिकास निर्माणको काम सुरु गर्न पर्छ र स्थानिय पुर्बाधार निर्माणमा स्थनिय ब्यक्त्तीहरुको नै सहभागिता सुनिस्चित गर्न सकियो भने यसले रोजगारी सिर्जना बढी हुन्छ र मानिसहरु गाउमा केन्द्रित भएर बस्ने छन। मेसिनरी सामान भन्दा बढि जनसहभागितामा आधारित निर्माणका काम गर्न सकियो भने धेरै भन्दा धेरै मानिसको आर्थिक क्षेमता बड्ने छ । खाध्यानको लागि सडकरसिन्चाइ आदि नामले भएका कार्यकम यसको उधारहण हुन।
सामुहिक कृषि प्रणाली
नेपालको कृषि प्रणाली पुरातन किसिमको निर्बाहमिखी भएको सबैलाई थाहा हुदा पनि साच्चै कृषिमा आधुनिकीकरण हुन सकेको छैन । यसका बिबिध समस्या मध्य खण्डिकृत जमिन, बीउ बिजन र मलखदम पहुचको कमि आदि छन ।
शिक्षा र स्वास्थमा आधुनिकिकरण
नेपालले बार्षिक शिक्षामा खरबौ खर्छ गरेपनी शिक्षा मार्फत ठूलो परिबर्तन गर्न सकिएको छैन ।मानिसहरु गाउँ छोडेर शहर रोज्नुको प्रमुख कारण एउटा आधुनिक शिक्षा हासिल गर्न लालहित हुनु हो। गार्मिण भेगको शिक्षामा परिबर्तन ल्याउने हो भने धेरै अभिभावक गाउमा बस्ने देखिन्छ यसको लागि अहिके भएको श्रोत साधनको प्रयोग गरि स्थानिय सरकारले आबस्यक लगानि बढाउन पर्दछ। निजि बिध्यालय र सार्बजनिक बिध्याल बिचको खाडल पुर्न पर्दछ। कोरोना कहरको बिच स्वास्थ मन्त्रालयले प्रत्यक स्थानिय तहमा कम्तिमा छ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको छ यसले स्थानिय तहमै गुणस्तरीय स्वास्थ प्राप्त गर्न सकिने भएको छ। यसरि शिक्षा र स्वास्थमा र आधुनिक प्राबिधिक क्रुषी सुधार हुने बित्तिकै गाउँ नै हाम्रो लागि सर्ब उत्तम हुनेछ।
मनसिह धामी (अध्यक्ष ) प्राबिधिक तथा व्यावसायिक तालीम परिषद (ctevt )

तपाईको प्रतिक्रिया