सचिवमा युवा नेता मल्लको उम्मेद्वारी घोषणा

सुर्खेत /नेपाली काँग्रेसको ७ औं अधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगर देखि केन्द्र सम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । 
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस जिल्ला अधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसल पसलमा हुन थालेको छ।  
कालिकोट जिल्लामा पाटी सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेविसंघमा विद्यालय इकाई कमिटी हुदै जिल्ला,केन्द्र सम्म नेतृत्व लिएका युवा नेता देशै भर सम्बन्ध भएका मल्लले विपिको समाजवाद लाई आत्मसात् गर्दै कालिकोट जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि उम्मेद्वारी दिएको बताए ।
तपाईंले पाटी सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा,पाटी भन्ने एक भैंसी गाई गोरु पाले जस्तो होइन यसलाई समय अनुसार परिवर्तन,गतिशील र चलाएमान अवस्थामा राख्नको लागि विपिका अधुरा लक्ष्य पूरा गर्न को लागि पाटी सचिवको मुख्य भुमिका रहने भएकोले मैले पाटी सचिव पदमा उम्मेद्वारी घोषणा गरेको दियो खबर संग बताए।
शेर बहादुर देउवा टिम बाट सचिवमा बलियो उम्मेदवारका रुपमा भरत मल्ल हुनुहुन्छ ।
केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया