वाइसीएलको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत /नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सह-इन्चार्ज एवम् कर्णाली प्रदेशका माननिय मुख्यमन्त्री ुुमुहेन्द्र बहादुर शाही लाई गृह जिल्लाको शुभकालिका गाउँपालिकामा भव्य स्वागत गरेका हुन्।

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलको शुभकालिका गाउँपालिकाले आयोजना गरेको भेलालाई सम्बोधन गर्न गृह जिल्लाको शुभकालिका गाउँपालिका पुग्नु भएका मुख्यमन्त्री शाही लाई कार्यक्रम स्थलमा नै स्वागत गरेका हुन् ।कर्णाली प्रदेशको सह-इन्चार्ज भए पछि पहिलो पटक गाउँमा पुगेपछि स्वागत गरेका हुन् ।

वाइसीएल को भेलामा हजारौंको सङ्ख्यामा उपस्थिति देख्दा कालिकोट जिल्ला माओवादी केन्द्र को लाल किल्ला हुने मा दुई मत नभएको मुख्यमन्त्री शाहीको जिकिर ।

उक्त कार्यक्रम २५० जनाले नेकपा एमाले ,नेपाली काँग्रेस विभिन्न पाटी परित्याग गरेर प्रवेश समेत गरेका छन् ।
उक्त कार्यक्रम मा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य ,पालिका इन्चार्ज ,जिल्ला कमिटी सचिवालय सदस्य लगाएत नेता कार्यकर्ता को सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया