सह-सचिवमा युवा नेता शाहीको उम्मेद्वारी घोषणा

सुर्खेत /नेपाली काँग्रेसको ७ औं अधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगर देखि केन्द्र सम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । 
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस जिल्ला अधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसल पसलमा हुन थालेको छ। 
कालिकोट जिल्लामा पाटी सह-सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

नेपाली काँग्रेस कालिकोट जिल्ला पाटी सह- सचिवको उम्मेद्वारी घोषणा गर्न क्रम जारी छ ।
नेविसंघमा विद्यालय इकाई कमिटी हुदै जिल्ला नेतृत्व सम्म लिएका युवा नेता प्रकाश शाहीले कालिकोट जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि उम्मेद्वारी दिएको बताए ।
खेलकुदको क्षेत्रमा लामो अनुभव भएका राष्ट्रिय भलिबल खेलाडी समेत हुन्।
तपाईंले पाटी सह-सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा ,पाटी लाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि मैले पाटी सह-सचिव पदमा उम्मेद्वारी घोषणा गरेको दियो खबर संग बताए ।
कालिकोट जिल्लामा सिटौला,पौडेल टिम एक भएका छन् भने देउवा टिम एक्लै छ ।
देउवा टिम बाट सह-सचिवमा प्रकाश शाही उम्मेद्वारी घोषणा गरेका हुन् ।
केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया