खेलकुदको विकासका लागि सबैले सहयोग गरौं -सिलवाल

सुर्खेत /राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले खेलकुदको विकासको सबैले सहयोग गर्नु पर्ने बताएका छन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको राष्ट्रिय च्याम्पियन शिप प्रतियोगितामा बोल्दै सिलवालको खेल क्षेत्रको विकासको लागि कुनै कसुर बाकि नराख्ने पनि बताउनु भयो । कोभिडका कारण नेपालको खेल क्षेत्र प्रभावित भएता पनि अब यस्ता खालका प्रतियोगिता मार्फत खेल क्षेत्रको पुनरागमन गर्ने योजना रहेको बताए। उनले अगाडि भने हामि साफ फुटबलको तयारी गरिरहेका छौ,काठमाडौंमा इपिएल शुरु हुदैछ,केन्पोको नेशनल च्याम्पियन शिप शुरु भएको छ र अन्य विधाका खेलहरु पनि राष्ट्रिय खेलकुद परिषद्ले बिस्तारै आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।सदस्य सचीव सिलवालले खेल क्षेत्रको विकासमा सबैले आ-आफ्नो ठाँउमा जुट्न आह्वान गर्नु भयो । खेल क्षेत्रको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बचनबद्द्ता समेत व्यक्त गर्नु भयो ।कार्यक्रममा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष प्रसुराम बस्नेतले अस्थिरताको राजनीतिले गर्दा खेल क्षेत्रको चौतर्फी विकास हुन नसकेको जिकिर गर्नुभयो। खेल भनेको देशका लागि खेल्ने हो,भन्दै उपाध्यक्ष बस्नेतले खेलाडीको दृढ इच्छा शक्तिले गर्दा राष्ट्र विश्व सामु चिनिने गरेको भनाइ राख्नु भयो ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्सका केन्द्रिय अध्यक्ष पुर्ण पाण्डेले सातै वटै प्रदेशबाट प्रतिनिधित्व हुने गरि केन्पोको नेशनल च्याम्पियनसिप आयोजना गरेको बताउनु भयो । कार्यक्रममा केन्पो मार्शल आर्ट्सका सल्लाहकार सदस्य चुडादेव सिं लामा,उद्द्व तिमिल्सिना लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष गोरख शाहिले शुभकामना मन्तव्य राखेका थिए भने लोकदोहोरि गायिका शर्मिला अर्यालले कार्यक्रम संचालन गरेको कार्यक्रममा राष्ट्रिय कलाकार दिपा श्री निरौलाको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया