प्रत्येक महिना श्रम शिविर सहितको बैठक गर्ने एकीकृत समाजवादी शुभकालिकाको निर्णय

कालिकोट/ नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)शुभकालिका गाउँ कमिटी कालिकोटले प्रत्येक महिना श्रमशिविर सहितको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादीले गाउँ कमिटी अध्यक्ष रतिराम आचार्यको अध्यक्षता र जिल्ला कमिटी सचिव तथा प्रदेश कमिटी सदस्य चित्रसिंह गाउँलेका साथै गाउँ कमिटी इन्चार्ज खडानन्द चौलागाईंको विशेष उपस्थितिमा आज सम्पन्न पहिलो बैठक मार्फत सो निर्णय गरेको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीद्वारा घोषित १ सय ७५ सदस्यीय गाउँ कमिटीले विशेषगरी सार्वजनिक संरचना निर्माणका लागि श्रमदान सहित पार्टीको बैठक गर्ने निर्णय गरेको सचिव सूर्य प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।सो पार्टीले शुभकालिकामा तत्कालै वडा र टोल तहसम्मका कमिटी गठन गर्नुका साथै जिल्लामा सदस्य रेकर्ड र कार्ड आउना साथ संगठित सदस्यता उपलब्ध गराइने समेत निर्णय गरेको छ । विकास निर्माणका साथै अन्य केही महत्त्वपूर्ण निर्णय गरेको बैठकमा जिल्ला कमिटी सचिव गाउँले ले शुभकालिका भित्रका सबै बिपक्षी शक्तिहरु एक ठाउँमा उभिदापनि एक्लै बिजयी हुन सक्ने ताकत प्रकट गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिनुभएको थियोे ।

तपाईको प्रतिक्रिया