ताडिमा धामीझाँक्रीको असाधारण शक्ति

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-३ र४ मा परम्परागत मान्दै आएका मष्टा धल्पुरा को पुजाआजा गर्दै गर्दा असाधारण शक्ति प्रदर्शन गरेका छन् ।प्रत्येक बर्ष मनाउँदै आएका पैठमा भाने विश्वकर्मा ,ग्याम्जे विश्वकर्माले फलामका धातु बाट बनेका लुवालौडि ,घाट,तिलक पार्ने,दारा निकाल्ने विभिन्न भित गर्ने गरेका छन् ।
इतिहासकार र अध्येताहरूका अनुसार ऋग्वेदकाे समय पाँच हजार वर्ष पुरानो मानेका छन् ।यही ग्रन्थमा व्यवसाय,शिल्पसुचक जातिहरू कामीलाई कर्मान, सार्कीलाई चर्मान र दमाईलाई तन्तुवाय वा तुत्रवुयु नामकरण गरिएको छ ।
कामी झाँक्री उख्खा फलाकमा पृथ्वीकाे सृष्टि भएपछि मानिसलाई खानकाे लागि खेतीपाती र कृषि उत्पादनकाे लागि किराँती शिवसँगै तिखु (तिख्खन) कामीलाई सतविउ छर्न लगाइ लाेकलाई सेवा गरेको मन्त्र तन्त्रमा बक्छन् ।
मानसखण्ड,हिमवतखण्डमा किराँती शिव सँगसँगै जाेडिने जाति कामी (अरू पनि छन् )हुन । नेपालकाे इतिहास र इतिहासकारहरूले भने सीमान्तकृत समुदायकाे प्राचीन इतिहास माथि ठूलो अन्याय गर्दै आएका छन् ।
अमेरिकी नागरिक प्राे.डा.ग्रेगाेरी ग्याब्रियल मस्कारिनेकले सन् १९७७-१९९२ सम्म लगातार १५ वर्ष कर्नालीका रूकुम,जाजरकोट, सल्यान लगायत जिल्लामा झाँक्रीकाे बारेमा गहन अध्ययन गर्नुभएको थियाे । याे पुस्तक हवार्ड विश्वविद्यालय प्रेसबाट सन् १९९८ मा (The Rulling of the Night) प्रकाशित भएको थियाे । पुस्तकमा विशेषगरी नेपाली झाँक्री परम्पराकाे मूल कामी लगायत सिमान्तकृत समुदायकै हुने निष्कर्ष छ । तर धामी भने सबै समुदायबाट हुन्छन् भन्ने तथ्य पनि शाेधले प्रकाश पारेको छ ।
याे अंग्रेजी संस्करणलाई शिलु घिमिरेले अनुवाद गरि सन् २००१ मा नेपाल प्रज्ञा-प्रतिष्ठानले छाप्ने जिम्मा लिएको थियो ।
तर यताउता, कताकता पाराले प्रज्ञाले दशवर्षसम्म झुलाएर नेपाली उल्था पाण्डुलिपि नै गायब पारिदिएकाे दुखान्त वेदना लेखक र अनुवादकले पुस्तकमा चर्चा गरिएको पाइन्छ । पछि मस्कारिनेकसँग बचेखुचेकाे, जाेडजाम पारेर विं. सं. २०६९ सालमा अक्सफोर्ड इन्टरनेश्नल पब्लिकेसन्स प्रा.लि. अनामनगर काठमाडौले रात्रिका निर्देश नामकाे पुस्तक छापिएको हाे ।
प्रज्ञा-प्रतिष्ठानले पाण्डुलिपि नै गायब पारेर नछाप्नुकाे पछाडि एउटै कारण थियाे । एकल राज्यसत्ताको जाँताेले किचेर दबाइएका वर्ग समुदायको प्राचीन सत्यतथ्य वास्तविक इतिहास बाहिर आउनु । अब यहाँहरूले बुझ्नस ! देवीदेवता, मन्दिर समेत कब्जा गरेर निषेध गरिनुकाे कारण के रहेछ ? यी समुदायमा अथाह किसिमको शिल्पकाैशल,सँस्कृति सम्पदा र सभ्यताको खानी छन् । त्यसैकारण चतुर शासकवर्गकाे हेपाइ,चेपाइमा परेर अस्तित्व नै समाप्त पारिएको हाे ।
याे हदकाे उत्पीडन, विभेद र बहिष्करण के कति कारणले भएको थियाे ? भन्ने कुरा बुझ्न समकालीन झुटाे इतिहास भन्दा बाहिर प्राचीन इतिहाससम्म नपुगी संभव छैन ।
केही साथीहरूबाट सुनेको थिँए । कामी झाँक्रीले अचम्म तरिकाले फलामको डण्डी भाँच्छन, विभिन्न चमत्कार गरेर देखाउँछन् भन्ने कुरा । प्रत्यक्ष अाँखाले नदेखिकन भनेको भरमा त्यति विश्वास लागेको थिएन ।त्यस ठाउँमा अाफै समय मिलाएर हेर्न जाने साेच पनि बनाएको थिँए । तर यसवर्ष त्यत्तिकै भयाे । तर सामाजिक सञ्जालकाे सञ्चार सुविधाले पुरै हेर्न नपाए तापनि कामी झाँक्रीले फलामे डण्डी भाँचेकाे केही क्लिप भने हेर्न पाइयाे । यी दुबै दृष्य कर्नाली कालिकोटकै हुन् । पहिलाे भिडियो कुमाल थरका कामी झाँक्री हुन् ।
उनले फलामे लाैरी काँधमा राखेर टुईटुक्रा पारिसके पछि उफ्रिँदै, काम्दै, नाच्दै थामिदै थान नजिक गएर उभिन्छन् । यसबेला पञ्चै बाजाको ताल धिमा गतिमा बज्छ । सबै जना अाएर झाँक्रीकाे शिरमा पैसा राखिदिन्छन्, झाँक्रीले शिरमा अक्षता, टीका र हात राखेर आशिर्वाद दिन्छन् । यसबेला कुनै पनि जातकाे चासाे सराेकार हुँदैन । बाहुन, क्षेत्री, ठकुरी, जनजाति सबैका लागि झाँक्री पूज्य, मान्य हुन्छन् ।
याे शक्ति प्राप्तिका लागि विशेष चाेखाे निताे,साधना,तपस्याका साथ ४-५ दिन अघिबाटै मूलझाँक्री र सहायक झाँक्रीहरू गुप्तवास जस्तै बस्ने गर्दछन् ।कुलपितृदेव र प्रकृतिको पूजा गरि विशेष शक्ति मागिन्छ ।
पृथ्वीकाे उत्पति महाविस्फाेटकाे अदभूत ध्वनि शक्तिबाट भएकोमा वैज्ञानिकहरू सहमत छन् । दमाईँ जातिकाे पञ्चैबाजा पञ्चमहाभूतकाे प्रतीक पनि हाे । नाद भनेको ध्वनि, ध्वनि भनेको वायुशक्ति ! दमाईँहरूकाे पञ्चैबाजाकाे विशेष राग,तालमा अकल्पनीय शक्ति प्रादूर्भाव हुँदा झाँक्रीहरूमा अलाैकिक मुक्त मानव (साइटिक एबिलिटि) काे रूपमा शक्ति शरीरमा प्रवाह हुँदा फलामे माेटाे लाैरी ठनक्क दुईवटा टुक्रा पार्न झाँक्री सफल भएका छन् ।
मूलत: हिमाल-पहाड र तराईका शिल्पकाैशलका धनी शिल्पी समुदायहरू प्रकृतिपूजक मन्त्र तन्त्र बाेन परम्पराका अनुयायी रहेको प्रमाणित हुन्छ । हजारौं वर्ष देखि सिंगाे शिल्पी समुदायलाई मूर्तिकरण अर्थात् पुरै निर्जीकरण गरिएको छ ।
शिल्पी समुदायको कथ्य वा भाष्य यसरी विकास गरिएको छ कि, उनीहरूकाे अस्तित्व, इतिहास, पहिचान, सँस्कृति, सम्पदा र सभ्यता केही पनि छैन ! नेपालकाे प्राज्ञिक वर्ग, बाैद्विक जमात र सचेत समूहहरू समेत गलत भाष्यमै रूमलिएका छन् ।
संभवत: यति माैलिक,शसक्त र प्रभावशाली झाँक्री जात्रालाई विश्वसम्पदा सूचीमा सूचीकरण गर्न ढिला गर्न हुँदैनथ्यो । तर शासकहरूलाई लाग्दाे हाे, याे सँस्कृति कामी जातिकाे मात्र हाे । तलकाे दुईवटा भिडियो क्लिक गरेर हेर्नुहाेस । विज्ञानलाई समेत चुनाैती दिने असाधारण कामी झाँक्रीले शक्ति देखाइएको दुर्लभ दृष्य !!! जय हाेस !!!
(द्रष्टव्य: कुनै व्यक्ति, विचार समूहले गिजाेलेर विकृत बनाउँदैमा शिल्पी शब्द प्रयाेग नगर्ने भन्ने हुँदैन । कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द नै प्रयाेग गरिएकाे छ) ।
स्रोत : सुवर्ण कुमाल र बाले विश्वकर्मा

तपाईको प्रतिक्रिया