सुर्खेत /नेपाली काँग्रेसको ७ औं अधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगर देखि केन्द्र सम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस जिल्ला अधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसल पसलमा हुन थालेको छ।
कालिकोट जिल्लामा पाटी सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेविसंघमा विद्यालय इकाई कमिटी हुदै जिल्ला नेतृत्व लिएका विद्यार्थी युवा नेता सविन कुमार विष्टले कालिकोट जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि उम्मेद्वारी दिएको बताए ।
लामो समय देखि नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको अधिबेशन हुन सकेको छैनन् अझै त्यो परिस्थितिमा पनि नेविसंघले विद्यार्थीको हकहितका लागि सधैं लागि परेको जिकिर गरे ।
तपाईंले पाटी सचिव पदमा नै किन उम्मेद्वारी दिनुभएको हो भन्ने प्रश्नमा ,पाटी लाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि पाटी सचिवको मुख्य भुमिका रहने भएकोले मेरो पाटी सचिव पदमा उम्मेद्वारी घोषणा गरेको दियो खबर संग बताए ।
कालिकोट जिल्लामा सिटौला,पौडेल टिम एक भएका छन् भने देउवा टिम सविन कुमार विष्ट र मातृका सिंहले उम्मेद्वारी घोषण गरेका छन् ,भने पौडेल,सिटौला टिमबाट नगेन्द्र विष्ट,टिकाराम न्यौपाने,पुर्ण बहादुर सिंहले पनि आफ्नो उम्मेद्वारी घोषण गरेका छन् ।
केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।
तुलराज पाण्डे । ५ आश्विन २०७८, मंगलवार २३:१४