सुर्खेत/नेकपा एकीकृत समाजवादीले सुर्खेतमा पनि पार्टी कार्यालय संचालनमा ल्याएको छ । सुर्खेतको विरेन्द्रनगरमा कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रम अहिले जारी छ ।
कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।अनेरास्ववियूमा क्रियाशील हुने गरि नव प्रवेशी विद्यार्थी नेताहरु लाई स्वागत समेत गरेका छन् ।
उद्घाटन र कमिटी रुपान्तरण कार्यक्रममा सोचेभन्दा धेरैको उपस्थिति रहेको र आउने क्रम जारी रहेको अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य मिलन बिसिले जानकारी दिए।
कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद माननीय देवि ओलि,सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन बडुवाल,पार्टी सचिव शिव उपाध्याय,नेताहरु कुलदिप भट्ट,अनेरास्ववियूका नेताहरु,युवासंघका नेताहरु,पिभिका नेताहरु लगायतको उपस्थितिमा पाटी कार्यालयको उद्घाटन गरिएको हो ।
तुलराज पाण्डे । ३ आश्विन २०७८, आईतवार २२:२८